सारा जनतालाई लोप्पा ख्वाउदै मध्यरातिमा माओवादी, एमाले, कङ्रेस मिलेर संबिधान सभाको म्याद ३ महिना थपे !
Breaking News from Nepal !
काले काले मिलेर खाए भाले !
सारा जनतालाई लोप्पा ख्वाउदै मध्यरातिमा माओवादी, एमाले, कङ्रेस मिलेर संबिधान सभाको म्याद ३ महिना थपे, घुमिफिरी देश आतंक र हात हतियारधारी माओवादीकै हातमा, एमाले कङ्रेस र अन्य दल समेत माओवादी कै छायाँमा, शान्ती र संबिधान का नाममा फेरी देश र जनता लुट्ने कामलाई निरन्तरता, जनताको धैर्यता पनि कस्तो हो यती हुँदा पनि सहने ? हामी नेपाली जनताको महानता लाई मान्नै पर्छ । लौ जय होस् नयाँ नेपालको, लोकतान्त्रिक गणतन्त्रको, जती हुँदापनी नबोल्ने नेपाली जनताको र ६०१ महान सभासदहरुको !
अन्तरिम संबिधान र नियम कानुन समेत जबर्जस्ती परिवर्तन गर्दै ठुला तीन दलले यसरी संबिधान सभाको म्याद थपे, खाने कुरामा के को बिबाद है ! हेर्नुस् यो भिडियो मिलेर यसरी खाँदैछन !
मध्यराति दोस्रोपटक संविधानसभाको म्याद तीन महिनाका लागि थपिएको छ । लडाकुलाई हतियारबाट अलग गर्नुपर्ने अडानमा रहेको प्रतिपक्षी कांग्रेस र मधेसवादी दल तथा मध्यमार्गी बाटो खोजेका एमाले–माओवादीबीच सहमति भएपछि संविधानसभाको कार्यकाल तीन महिना थपिएको हो ।
तीन महिनामा शान्ति प्रक्रिया पूरा गरी संविधानको एकीकृत मस्यौदा निर्माण गर्ने, प्रधानमन्त्रीले राजीनामा गरी राष्ट्रिय सहमतिको सरकारका लागि मार्गप्रसस्त गर्नेलगायतका सहमति दलहरुबीच भएको छ । सहमतिको खाकालाई अहिले अन्तिमरुप दिने काम भइरहेको छ । संविधानसभाको म्याद थपमा सहमति जुटाउन प्रमुख तीन दलसहित चौथो शक्तिकारुपमा रहेका मधेसवादी दलहरुबीच द्विपक्षीय र त्रिपक्षीय छलफल भएका थिए । दलहरुका बैठकमा सहमति जुट्न नसकेपछि बिहान ८ बजेकै लागि बोलाइएको संविधानसभाको बैठक राति ११ बजेर १२ मिनेट जाँदा बसेको थियो । संविधानसभाको म्याद थपिन पौने घण्टा बाँकी रहेकाबेला बसेको संसद् बैठकले विद्येयकमाथि छलफलका लागि ७२ घण्टा समय दिनुपर्ने कार्यव्यवस्था नियमावलीको प्रावधान निलम्बन गरी छोटो प्रक्रियाबाट संविधान संशोधन भएको थियो । अन्तरिम संविधानको धारा ६४ संशोधन भएपछि संविधानसभाको कार्यकाल तीन महिनासम्म थपिएको छ । राति सवा ११ बजे सुरु भएर स्थगित भएको संसद बैठक अबेलासम्म सुचारु नभएपछि बैठक कक्ष मै निदाइरहेका सभासदहरु। तस्बिरः विकास कार्की

अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ !



7:20 AM
news4bhutanese



0 comments:
Post a Comment