Sunday, June 12, 2011

भारतीय योगगुरु रामदेवले ९ दिन लामो आमरण अनशन तोडे !

भारतीय योगगुरु रामदेवले ९ दिन लामो आमरण अनशन तोडेका छन् । आध्यामिक गुरु रविशंकरको आग्रहमा रामदेवले मौसमको जुस पिएर आज बिहान अनशन तोडेको भारतीय सन्चार माध्यमले उल्लेख 
गरेका छन्। कालोधन र भ्रष्टचारविरुद्ध गत शुक्रबारदेखि हरिद्वारस्थित आफ्नै निवासमा रामदेवले आमरण अनशन थालेका थिए। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई ३ दिनअघि उपचारका लागि देहरादुनस्थित हिमालयन अस्पतालमा भर्ना गरिएको थियो। त्यसअघि नयाँ दिल्लीको रामलिला मैदानमा हजारौं समर्थक र शुभचिन्तकका साथ अनशन बसेका रामदेवलाई प्रहरीले बल प्रयोग गरी हरिद्वार पुर्याएको थियो।



0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals