Friday, June 17, 2011

बेलडाँगी ३ मा गोली हानी एकको हत्या(फोटोसहित)

भुटानी शरणार्थी शिविरमा अहिले साँझ साढे ८ बजे गोली प्रहारबाट एक जनाको हत्या भएको छ । मृतक वेलडाँगी ३ शरणार्थी शिविर सेक्टर सी ४, छाप्रो नम्वर ६७,६८ का २१ बर्षीय राम बहादुर गुरूङ भएको बताइएको छ । अज्ञात समूहले छातीमा ३ गोली हानी घाइते भएका उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल ल्याइएको थियो । उनको हत्केलामा समेत एक गोली लागेको थियो ।
आम्दाले उपचार गर्न नसकी धरान रेफर गरेपछि त्यता लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको शिविर सचिव डिवि सुव्वाले जानकारी दिनु भयो । घटनाको बारेमा विस्तृत जानकारीका लागि प्रतिक्षा गर्नु होला ।

0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals