दुर्घटनाको विषयलाई लिएर दमक वडा नं. ३ का स्थानीय बासिन्दा लगायत राजनैतिक संगठनले अन्तराष्ट्रिय आप्राबास सम्बन्धी संस्था (आईओएम)को निर्णयप्रति असहमति व्यक्त गरेका छन् ।
गत विहीवार इलाका प्रहरी कार्यालय दमकमा सर्वपक्षीय भेलामा पीडित घाइतेलाई क्षतिपूर्ति र उपचार खर्च दिने तर घटना स्वीकार नगर्ने विषयमा पीडित पक्ष र शरणार्थी प्रभावित क्षेत्रका बासिन्दाले असहमति व्यक्त गरेका हुन् । आव दिउँसो दमक ३ मा भएको सर्वदलीय बैठकले सो असहमति पारित गर्दै घटनालाई नमिलाएसम्म संगठनको गाडी चल्न नदिने र तत्काल घटनालाई स्वीकार गरी निकास दिन माग गरिएको छ । सर्वदलीय निर्णयविपरित संगठनले गाडी चलाउने कार्य गरे त्यसको परिणाम अझ नराम्रो हुने सर्वदलीय भेलाका संयोजक प्रजापति सापकोटाले बताए । भेलामा स्थानीय क्षेत्रका दलीय अगुवा र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।



10:58 AM
news4bhutanese

0 comments:
Post a Comment