Thursday, June 9, 2011

राजेश हमालले बिहे गरे

चावहिल स्थित गोपिकृष्ण हल बेहुलीको घर झैं सिंगारिएको थियो । बेहुलाका लागी स्वागत गेट अनि गेटमा शुभ बिबाह लेखिएको थियो । हलमा बिबाहको झल्को दिने तोरण टाँगिएको थियो । अनि भुईंमा रेड कार्पेट पनि ओच्छाइएको थियो । उपस्थित सबै छक्क थिए आज कस्को बिबाह हो भनेर । आडैमा थियो एउटा कार जसलाई दुलही लिन जान सिंगारिएको थियो । त्यसमा R+A लेखिएको थियो । एक्कै छिनमा पञ्चै बाजा घन्कीन थाले । त्यो बाजा संगै अगाडी सिंगारि राखेको गाडीमा बेहुला आए । बेहुलालाई स्वागत गर्न अघि कति बेला हो बेहुली गेटमा नै आएर बसेकी रहीछन् । त्यो क्षणमा उपस्थित मध्येका कोही जन्तीको महशुश गर्दै थिए त कोही माइतिको महशुस गर्दै थिए । एक्कै छिनमा बेहुलालाई गेटमा स्वागत गरीयो अनि बेहुलिलाई अघि लाएर बेहुला अगाढी बढे । निरन्तर बाजा बजीरहे । क्यामराहरु दुलाहा दलहीमा केन्द्रीत भए । भिडभाडका बिच अगाढी बडेका दुलाहा दुलहीले केही अघि हलको आँगनमा पुगेर दुबोका माला साटासाट गरे । हेर्दा लाग्दथ्यो त्यो स्वम्बरको क्षण हो । तर स्वयम्भरमा झै औठी चाहीँ साटेनन् । माला साटासाट पछि दुलाहाले दुलहीलाई घर भित्राए । माथि उल्लेखित दृष्य थियो चलचित्र दुलहीको प्रिमियर शोमा देखिएको र यो दृष्यका दुलाहा थिए महानायक राजेश हमाल र दुलही थिइन नायिका सुमिना घिमीरे । चलचित्रको पर्दामा दलाहा दुलहीको भुमिका निभाएका यि कलाकारहरुले बुधबार चाहीँ सबैलाई अचम्मीत पार्ने गरेर बिबाहको नाटक मञ्चन गरे । महानायक राजेश हमालले आफ्नो गर्लफ्रेन्ड भएको र छिट्टै नै बिबाह गर्छु भनेर सार्वजनिक रुपमा अभिब्यक्ति दिएकै केही समयमा भएको यो बिबाहको यो दृष्य ले साच्चीकै राजेशले बिबाह गरेछन भन्नेहरु धेरै थिए त्यहाँ ।
हेर्दा साच्चिकै बिबाहको झल्को दिने भएकाले पनि होला धेरैले राजेशलाई सोधे हनिमुन कहाँ र कहिले मनाउने हो भनेर । आडैमा दुलही बनेकी नायिका सुमिना थिइन । दुलही लजाउनु स्वभाविकै हो उनि लजाइन तर हाम्रा महानायक त झन लाजका पोको रहेछन् । यो प्रश्न सुनदा बित्तिकै उनि पनि लजाए र लजालु आवाजमै बोले, 'हाम्रो हनिमुन एक्ला एक्लै हुन्छ । तर कहिले र कहाँ थाहा छैन ।' आफुले चाडै नै बिबाह गर्ने भन्दै राजेशले आफ्नो बिबाहको लागी यो रिहलशन भएको बताएका छन् । यता नायिका सुमिनाले भने बिबाह र त्यपछिका सपनाहरु छिनमा एक्कै छिन्मा चकनाचुर भएको बताइन । राजेशलाई राजेश दाई पर्दामा भन्दा पर्दा बाहीर तपाइकी दुलही राम्री देखिएकी छन् भनेर जिस्काउनेहरु पनि धेरै नै थिए त्यहाँ । २७ गतेबाट देशभर एकसाथ प्रर्दशनमा आउन लागेको यस चलचित्रका दुलाहा अर्थात राजेश हमालको जन्मदिनको अवसर पारेर बुधबार यो चलचित्रको प्रिमियर शोको आयोजना गरीएको हो । उक्त समाहरोहमा हमालले आफ्नो जन्मदीनको केक समेत काटे । जन्मदिनको केक काट्दै उनले आफुले यति ठुलो माहौलमा केक काटेको पहिलो पटक भएकोले यो दिन आफ्नो लागी स्मरण योग्य भएको बताए। निरन्तर रुपमा दुइ दशक भन्दा बढी चलचित्र क्षेत्रमा क्रियाशिल हमाललाई जन्मदिनको अवसरमा फिल्मीखबर डटकमको शुभकामना साथमा चलचित्र दुलहीलाई पनि सफलताको शुभकामना !

0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals