Tuesday, June 7, 2011

अख्तियारले छुन सकेन भ्रष्टाचारका मुख्य अभियुक्त कृष्ण सिटौला र भीम रावल हरुलाई ! ३६ जना बिरुद्ध मुद्दा दायर !







अख्तियारले २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै चर्चित सुडानकाण्डमा तीनजना पूर्व आइजीपी, बहालवाल दुई एआइजीसहित प्रहरी अधिकृतहरु तथा ठेकेदार गरी ३६ जना बिरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले एपीसी खरिदका बेला गृहमन्त्री रहेका मुख्य अभियुक्त कृष्ण सिटौला, त्यसपछिका बामदेव गौतम र भीम रावललाई भने छोएन, सबै आस्चर्यचकित !!! राष्ट्रसंघको आह्वानमा सुडानमा खटिएका नेपाल प्रहरीको लागि एपीसी खरिदमा भएको भ्रष्टाचारको लामो छानविनपछि आयोगका अधिकारीहरु मंगलबार साँढे तीन बजे मुद्दा दायर गर्न बिशेष अदालत पुगेका हुन् । अख्तियारले पूर्व आइजीपीहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई अभियुक्तत बनाएको छ । त्यसैगरी बहालवाला एआइजीहरु मदन खड्का र अर्जुनजंगबहादुर शाहीलाई पनि अभियुक्त बनाएको छ । अभियुक्त बनाइएमा पूर्व एआइजी तीन, बहालवाल डीआइजी दुई, पूर्व डीआइजी तीन, एसएसपी ६, पूर्व एसएसपी १, एसपी ६, कामु एसपी १, डीएसपी ३, पूर्व डीएसपी १, इन्सपेक्टर ३ र दुई जना एपीसीका ठेकेदार रहेका छन् । ठेकेदारहरुमा असुरड लण्डनका डाइरेक्टर माइकल रिडर र भगवति ट्रेडरका शम्भू भारती रहेका छन् । अख्तियारले २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै यसलाई विगोको रुपमा प्रस्तुत गरेको छ । अख्तियारले एपीसी खरिदका बेला गृहमन्त्री रहेका कृष्ण सिटौला, त्यसपछिका बामदेव गौतम र भीम रावललाई भने छोएका छैनन् । साथै बिशेष अदालतले यसअघि नै मुद्दा दायर गर्दा नै अभियुक्तहरुलाई पक्राउ गरी ल्याउन भनेको भएपनि मंगलबार अभियुक्तहरुलाई पक्राउ नगरी मुद्दामात्र दायर गरेको हो । मुद्दा दायर गरिएपछि बहालवाल सबै प्रहरी अधिकृतहरु स्वतह निलम्बनमा पर्ने छन् । अभियुक्तहरुको नामावली: पूर्व आइजीपीहरु: ओमबिक्रम राणा हेमबहादुर गुरुङ रमेश चन्द ठकुरी एआइजीपीहरु: मदन खड्का अर्जुनजंगबहादुर शाही पूर्व एआइजीपीहरु: दीपक थाङ्देन, श्यामसिंह थापा दीपेन्द्र बहादुर बिष्ट डीआइजीपीहरु: रमेशबिक्रम शाह टोपेन्द्रध्वोज हमाल पूर्व डीआइजीपीहरु: दीपक श्रेष्ठ निरज पुन सुरेन्द्र पाल एसएसपीहरु: रविप्रताप राणा श्यामबहादुर खड्का शिव लामिछाने अजितकुमार गुरुङ रमेशकुमार पाण्डे विजय लाल कायस्थ पूर्व एसएसपी: नरेन्द्र खालिङ् एसपीहरु: मनोज न्यौपाने निरजबहादुर शाही गुप्तबहादुर श्रेष्ठ कृष्ण प्रसाद गुरागाई सञ्जयसिंह बस्नेत पिताम्वर अधिकारी कामु एसपी: डा.‌ रामकृष्ण राजभण्डारी डिएसपीहरु: विद्याराज श्रेष्ठ प्रकाश अधिकारी दिनेश केसी पूर्व डीएसपी: हरिरह श्रेष्ठ इन्सेक्टरहरु: अर्जुनप्रसाद तिमिल्सिना लालगोविन्द श्रेष्ठ गिरीधारी शर्मा ठेकेदारहरु: माइकल रिडर– असुरड रिस्क लण्डनका डाइरेक्टर सम्भू भारती– भगवति ट्रेडर्सका प्रोप्राइटर

0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals