भुटानी शरणार्थी शिविर बेलडाँगीबाट विहीबारदेखि हराइरहेका एक किशोर शुक्रबार झुण्डिएको अवस्थामा फेला परेपछि त्यहाँ तनाव सिर्जना भएको छ । शरणार्णी शिविर, बेलडाँगी ३ का १८ बर्षीय टेक बहादुर बस्नेतको शिविर उत्तर हंसेदुम्से सामुदायिक वन क्षेत्रमा शुक्रबार अपरान्ह ४ बजे शव फेला परेको प्रहरीले जानकारी दिएको छ । बस्नेतको हत्या भएको आरोप लगाउँदै शिविरवासीले बेलडाँगी ३ स्थित सशस्त्र प्रहरीको वेस क्याम्पसमा आक्रमण प्रयास गरेका छन् । वस्नेतको मृत्युपछि निजले काम गर्ने गरेको स्थानीय पसलका सञ्चालक अजय शाहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका निरीक्षक नविन कार्कीले जानकारी दिए । बस्नेतको मृत्युपछि शिविरवासीले सशस्त्र प्रहरी वेस क्याम्प बेलडाँगी २ स्थित शिविर व्यवस्थापन समितिको कार्यालय, शरणार्थीका लागि खाद्यान्न वितरण गर्ने राहत गोदाम लगायतका कार्यालयहरु तोडफोड तथा आगजनी गर्न खोजेका थिए । सो क्रममा शिविरवासी र प्रहरीबीच पटकपटक झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाइ फाइरिङ र ५ सेल अश्रु ग्याँस प्रहार गरको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।



5:15 PM
news4bhutanese

Posted in:
0 comments:
Post a Comment