Thursday, August 11, 2011

शरणार्थी शिबिरमा कपडा सिलाउने व्यवसाय फस्टायो

भूटानी शरणार्थीहरु तेस्रो देश पुनर्बासमा जान थालेपछि शिबिरहरुमा लुगा सिउने व्यवसाय फस्टाएको छ । तेस्रो देश जाने शरणार्थीहरुले नयाँ लुगा सिउने हुनाले शिबिरहरुमा यस्तो व्यवसाय फस्टाएको हो ।

शरणार्थी शिबिर बेलडाँगी ३मा २ महिना अघिदेखि सातवटा मेसिन ल्याएर लुगा सिउन सुरु गरेका डिल्लीराम मैनालीका अनुसार तेस्रो देश जानेहरुका माग अनुसार शिबिरहरुमा अहिले ब्यक्तिगत र सामुहिक रुपमा टेलरिङ सेन्टरहरु खुल्नेक्रम जारी छ ।तेस्रो देश जानेहरुले हतारमा लुगा सिउन ल्याउने, एकजनाले कम्तीमा तीन जोडीसम्म तयारी लुगाहरु लैजाने, पहिल्यै गइसकेका आफन्त वा साथीहरुलाई पनि लुगा लगिदिने गरेका कारण टेलरिङ व्यवसाय फस्टाएको हो ।

0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals