शरणार्थी हेर्ने सरकारी निकायका अधिकारी र संयुक्त राष्ट्रसंघीय उच्चायोगका अधिकारीबीच शरणार्थी मागका विषयमा छलफल भएको छ ।
हिजो दमकमा भएको छलफलमा शरणार्थी मामिलासम्वन्धी राष्ट्रसंघीय उच्चायोगको दमकस्थित कार्यालयका प्रमुख रैनावती र नेपाल सरकारको शरणार्थी समन्वय इकाईका निर्देशक तथा झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीबीच छलफल भएको हो ।
छलफलमा पहिचान र सहायता पाउने प्रतिक्षामा रहेका करिव २ हजार त्यस्ता भुटानीको विवरण आफूकहाँ रहेको अधिकारीहरुले बताए । त्योसम्वन्धी विवरण माथिल्ला निकायमा पठाउने समेत सहमति भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालले बताए । शरणार्थीहरुले भने ३ हजार ७ सय पचास बढि शरणार्थीले पहिचान र सहायता पाउन बाँकी रहेको बताउँदै आएका छन् । यीवाहेक बेलडाँगी शिविरमा रहेका अढाईसय सुकेका रुख काट्न सुरु गर्ने, फोहर व्यवस्थापनमा जुट्ने निधो भएको छ ।



10:39 AM
news4bhutanese

0 comments:
Post a Comment