Monday, August 22, 2011

आइडाहोका भुटानीको नयाँ समिति

अमेरिकाको आइडाहो अन्तर्गत ट्वीन्स फल्सका भुटानी समुदायले नयाँ समिति चयन गरेका छन् । स्थानीय रक रिक पार्कमा हिजो भेला भएका २०० बढि भुटानीले उक्त नयाँ समिति चयन गरेका हुन् । ६ सदस्यीय सो समितिको अध्यक्षमा कमल कोइराला चयन हुनु भएको छ भने मान राई उपाध्यक्ष, वल तामाङ कोषाध्यक्षका साथै सदस्यहरूमा सोम उप्रेती, तील पोख्रेल र जीत राई चयन हुनु भएको छ । समितिको सचिव र अन्य सदस्य भने अर्को भेलामा चयन गरिने जनाइएको छ ।

भेलाले सल्लाहकारहरू समेत चयन गरेको छ । सल्लाहकारहरूमा समितिका पूर्व अध्यक्ष देव थापा, पूर्व उपाध्यक्ष दिल दर्जी, पूर्व कोषाध्यक्ष कृष्ण रेग्मी र पूर्व सचिव चन्द्र उप्रेती रहनु भएको छ ।

0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals