Friday, August 19, 2011

खुदुनाबारीमा पनि लाइन काटियो

विद्युत प्राधिकरणले झापाको खुदुनाबारी भुटानी शरणार्थी शिबिरका शरणार्थीले स्थानियका घरबाट छाप्रासम्म लगेको विजुलीका तार हटाएको छ । आपसी मिलेमतोमा जोडिएका तार शिबिरका छाप्राबाट हटाइएको हो । शरणार्थीले ६ महिनादेखि आफ्नै खर्चमा शिबिर आसपासका गाँउलेका घरबाट सब मिटर राखी आपसी बिजुली जडान गरेका थिए । शिबिर छेउको एउटा विद्युत ट्रान्सफरमरमा खराबी आएपछि प्राधिकरणले कडाइ गर्न शुरु गरि ७० जति छाप्राबाट तार हटाइएको छ । यसअघि बेलडाँगीस्थित शरणार्थी शिविरहरूबाट पनि शिविरहरूमा तानिएका विजुलीका तार प्राधिकरणले हटाएको थियो । कुमार

0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals