भुटानी शरणार्थी शिविर बेलडाँगीबाट अमेरिकाको भर्जिनिया राज्यको रिचमण्डमा पुनर्वास भएका एक भुटानी शरणार्थी मृत अवस्थामा भेटिएका छन् । भुटान तथा बेलडाँगी शिविरमा हुलाकीका नामले चिनिने तारा सापकोटा रिचमण्डको व्यस्त बजारमा रहेको रेलमार्ग नजिकै गएको सोमबार मृत फेला परेका अमेरिकाबाट ध्रुव मिश्रले जानकारी दिएका छन् । उनका अनुसार सापकोटाले आत्महत्या गरेको आशंका गरिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरू गरेको र उनको मृत्युको वास्तविकता भने पोष्टमर्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने प्रहरीलाई उद्धृत गर्दै मिश्रले बताए ।
भुटानबाट लखेटिनुअघि साम्चीका बासिन्दा सापकोटा लामीडाँडामा हुलाकीको रूपमा कार्यरत थिए ।
भुटानबाट लखेटिनुअघि साम्चीका बासिन्दा सापकोटा लामीडाँडामा हुलाकीको रूपमा कार्यरत थिए ।
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
- मोटरसाइकलको ठक्करबाट शरणार्थी वृद्धको मृत्यु पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको शनिश्चरेमा आज भएको सडक दुर्घटनामा एक वृद्ध भुटानी शरणार्थीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको को.९ प २७६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शनिश्चरेस्थित भुटानी शरणार्थी शिविर, सेक्टर जी १, छाप्रो नम्बर ३१ का ६० वर्षीय नर बहादुर सुब्बाको ज्यान गएको हो । विहान पौने बाह्र...
- अमेरिकामा एकलाख बढि नेपालीभाषी पछिल्लो जनणनाअनुसार अमेरिकामा रहेका नेपालीभाषीको संख्या एक लाखभन्दा केही बढि रहेको छ । उक्त संख्या नेपालबाट अमेरिका पुगेका नेपालीहरू र तेश्रो देश पुनर्वास अन्तरगत गएका भुटानी शरणार्थीहरू जोड्दा पुगेको हो । सन २०१० को अप्रिलमा गरिएको अमेरिकाको जनगणना अनुसार नेपालबाट गएका नेपालीको संख्या ५९ हजार ४ सय ९० र गत...
- रतुवा खोलामा शव भेटियो झापाको दमकस्थित रतुवा खोलामा एक व्यक्तिको शव फेला परेको छ । दमक-१३ स्थित रतुवा खोलामा आज दिउँसो फेला परेको शव दमक-१२ का ५२ बर्षीय चन्द्र बहादुर श्रेष्ठको भएको प्रहरीले बताएको छ । फेला परेको शवको आवश्यक कानुनी प्रकृया पूरा गरी पोष्टमर्टमका लागि पठाइएको र श्रेष्ठको मृत्युका बारेमा अनुसन्धान शुरू गरिएको...
- टिमाइ शिविर सार्ने काम सम्पन्न टिमाइस्थित भुटानी शरणार्थी शिविरका शरणार्थीलाई अन्य शिविरमा सार्ने काम सम्पन्न भएको छ । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोगले नेपाल सरकार तथा लुथरन विश्व फेडेरेसनसँगको समन्वयमा गत मंसीर ५ गतेदेखि शुरू गरेको सो शिविरका शरणार्थीलाई वेलडाँगी शिविरमा सार्ने काम आज सम्पन्न भएको हो । टिमाइ शिविरका ८ सय ८५ छाप्राका शरणार्थीलाई वेलडाँगी...
- डाँडाबाट खसेर मृत्यु भएको अवस्थामा फेला ताप्लेजुङको, सुरुम्खीका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सुरुम्खी–९ का ३६ बर्षीय बीर बहादुर तामाङलाई ताप्लेजुङकै खेवाङ–६ स्थित थुलुङ डाँडाबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । पेदाङबाट डाँक लिएर आउँदै गरेका उनलाई हिजो दिउँसो साढे चार बजे स्थानीयवासीले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका...
0 comments:
Post a Comment